पात्रो

रेडियो

समाचार खोजी

आजबाट फ्लाई दुबईले एक महिनापछि पुनः भैरहवामा उडान गर्दै

साझा अर्थ संवाददाता २९ पुष २०८१, सोमवार

काठमाडौं । भैरहवाको गौतमबुद्ध विमानस्थलमा आजबाट पुनः फ्लाई दुबाईले उडान गर्ने भएको छ । फ्लाई दुबईले  १५ डिसेम्बर २०२४ देखि १ महिनाको लागि स्थगित गरेको उडान आजबाट पुन सुरु गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फ्लाई दुबाईले पुरानै तालिकालाई निरन्तरता दिएर उडान गरेकोले आजैदेखि दैनिक उडान हुँदै छ । यो वायुसेवाले भैरहवालाई ट्रान्जिट बनाएर काठमाडौं उडान गर्ने छ ।

फ्लाई दुबईले जाडो मौसमका कारण भैरहवामा भिजिबिलिटी कम भएको भन्दै उडान सुरक्षालाई दृष्टिगत गर्दै एक महिना उडान स्थागत गरेको थियो । सोही स्थागित उडान आजैबाट सुरु भएको पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो वायुसेवाको उडान तालिका भने दैनिक २ बजे हुने छ ।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता