पात्रो

रेडियो

समाचार खोजी

१२४ खर्ब ४४ अर्ब ३० करोड रुपियाँ कारोबारमा आधारित तरलता प्रशोचन

स्थायी निक्षेप सुविधामार्फत ११३ खर्ब ३२ अर्ब ४५ करोड

साझा अर्थ संवाददाता २८ पुष २०८१, आइतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा १२४ खर्ब ४४ अर्ब ३० करोड रुपियाँ कारोबारमा आधारित तरलता प्रशोचन गरिएको छ ।
नेपाल राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ११ खर्ब ११ अर्ब ८५ करोड र स्थायी निक्षेप सुविधामार्फत ११३ खर्ब ३२ अर्ब ४५ करोड गरी कुल १२४ खर्ब ४४ अर्ब ३० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद तीन खर्ब ८६ अर्ब ८६ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर दुई अर्ब २३ करोड खुद खरिद गरी दुई खर्ब ९९ अर्ब ९५ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब २८ करोड खुद खरिद गरी तीन खर्ब दुई अर्ब ८९ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ६४ करोड बिक्री गरी दुई खर्ब २१ अर्ब एक करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ३८ करोड बिक्री गरी एक खर्ब ८३ अर्ब ५१ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

303 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता