पात्रो

रेडियो

समाचार खोजी

इजरायलको पछिल्लो निकासी आदेशपछि ६० हजार गाजावासी विस्थापित: राष्ट्रसङ्घ

साझा अर्थ संवाददाता २६ साउन २०८१, शनिवार

रासस/सिन्ह्वाः संयुक्त राष्ट्रका मानवतावादी संस्थाले शुक्रबार पछिल्लो इजरायली निकासी आदेशपछि कम्तिमा ६० हजार गाजवासी विस्थापित भई पश्चिमी खान युनूसतर्फ सरेको अनुमान गरेको छ ।  
 मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले उत्तरी र दक्षिणी गाजाको लगभग ४३ वर्ग किलोमिटर क्षेत्रमा यस हप्ता इजरायलले निकासी आदेश जारी गरेको जानकारी दिएको छ । 
ओसिएएचएले गाजामा आफ्ना साझेदारद्वारा करिब २३० विस्थापनस्थल, तीन दर्जन भन्दा बढी पानी, सरसफाई , अस्पतालसहित  स्वास्थ्य सुविधाको व्यवस्था गरेको जनाएको छ ।  

गाजापट्टीको ८० प्रतिशतभन्दा बढी भूभागमा गत अक्टोबरदेखि निकासी आदेश जारी गरिएको अनुमान ओसिएएचएले गरेको छ । विपक्षीहरु बीच बढ्दो शत्रुता, सहायता अवरोध, असुरक्षालगायतका कारण गाजामा सहायता आपूर्ति चुनौतीपूणर् बनेको कार्यालयले जनाएको छ । 
मे महिनाको सुरुदेखि रफाह क्रसिङ्ग बन्द भएपछि गाजामा सहायताको मात्रा आधाभन्दा बढी घटेको ओसिएचएले जानकारी दिएको छ । यसै गरी विगत तीन महिनामा केरेम शालोम क्रसिङबाट भित्रिने सहायतामा  ८० प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।   
पछिल्लो समयमा मानवीय सहायताका लागि आवश्यक समन्वयको अनुरोधलाई इजरायली अधिकारीहरुले बारम्बार अस्विकार र अवरोध गरेको ओसिएइचएले जनाएको छ । 
कार्यालयको अनुसार चालु महिनामा उत्तरी गाजामा जारी ६७ सहायता मिसनमध्ये २४ वटालाई मात्र इजरायली अधिकारीहरूले सहयोग गरेका थिए । 
बाँकीलाई सुरक्षा परिचालनलगायतका कारण देखाई रद्द गरेको कार्यालयले जनाएको छ ।

283 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ