एजेन्सीः ब्राजिलमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । साओ पाउलो राज्यमा भएको दुर्घटनामा चालक दलका सदस्यसहित उक्त संख्यामा मानिसहरुको मृत्यु भएको हो ।
त्याहाँका स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुहरुको मृत्यु भएको हो । एटीआर ७२–५०० मा चालक दलका चार सदस्य तथा ५७ यात्रु सवार थिए ।
विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेका वेला भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले विमान दुर्घटना भएकोमा दुःख ब्यक्त गर्नु भएको छ भने साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गर्नु भएको छ ।
साझा अर्थ संवाददाता