पात्रो

रेडियो

समाचार खोजी

कुन देशका पर्यटक बढे कुन देशका घटे ?

साझा अर्थ संवाददाता १९ पुष २०८१, शुक्रवार

सन् २०२४ मा सार्क देशहरूबाट नेपालमा पर्यटक आगमन ५.९ प्रतिशतले वृद्धि भएको छ । सार्क क्षेत्रबाट एक वर्षमा चार लाख १७ हजार आठ सय ४५ भित्रिएका थिए । जसमा बंगलादेश, भुटान र श्रीलंकाबाट क्रमशः ३३.९ प्रतिशत, ४२ प्रतिशत र ३८.३ प्रतिशतको बढोत्तरी देखिएको छ । तर, भारतबाट आउने पर्यटक संख्यामा सन् २०२३ को भन्दा ०.७ प्रतिशतले कमी आएको पर्यटन बोर्डको तथ्यांक छ । सन् २०२३ मा तीन लाख २० हजारभन्दा बढी भारतीयले नेपाल भ्रमण गरेकोमा सन् २०२४ मा तीन लाख १७ हजार सात सय ७२ भारतीय घुम्न आएको पर्यटन बोर्डले जनाएको छ । 

सन् २०२४ मा विभिन्न देशबाट ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक भित्रिएका छन् । यो संख्या अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ पर्यटक भित्रिएका थिए ।  

यस्तै, सन् २०२४ मा चीनबाट एक लाख एक हजार आठ सय ७९ नेपाल भ्रमणमा आएका छन् । यो संख्या २०२३ को तुलनामा ६७.३ प्रतिशतले बढी हो । यस्तै, थाइल्यान्ड, जापान र दक्षिण कोरियाबाट क्रमशः १९.७ प्रतिशत, ३८ प्रतिशत, र १४ प्रतिशतले पर्यटक आगमन बढेको छ ।

युरोपेली देशहरूबाट आउने पर्यटकको संख्या पनि बढेको छ । बेलायतबाट ५७ हजार पाँच सय ५४, जर्मनीबाट २९ हजार आठ सय एक, फ्रान्सबाट २५ हजार एक सय २६, इटालीबाट १४ हजार चार सय ७४, स्पेनबाट १३ हजार नौ सय ६८ र नेदरल्यान्ड्सबाट ११ हजार तीन सय ९३ पर्यटक भित्रिएका छन्, यो संख्या सन् २०२३ को तुलनामा क्रमशः ८.९ प्रतिशत, १०.५ प्रतिशत, ८.५ प्रतिशत, ११.८ प्रतिशत, १२.७ प्रतिशत र ६.३ प्रतिशतले वृद्धि भएको हो । युरोपबाट कुल पर्यटक संख्या दुई लाख ६ हजार आठ सय ४१ पुगेका छन्, जुन १०.४ प्रतिशत बढोत्तरी हो ।
२०२४ मा अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या एक लाख ११ हजार दुई सय १६ पुगेको छ, जुन १०.८ प्रतिशतको वृद्धि हो । क्यानडाबाट ९.४ प्रतिशतले बढेर १६ हजार ७४ पर्यटक भित्रिएका छन् । अस्ट्रेलियाबाट ४३ हजार नौ सय ८० र न्युजिल्यान्डबाट चार हजार दुई सय ३१ पर्यटक आए, जुन क्रमशः १३.४ प्रतिशत र १८.४ प्रतिशतको बढोत्तरी हो ।

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता