पात्रो

रेडियो

समाचार खोजी

नेप्से सूचक २१.१२ अंकले घटेर २६०९.५८ को बिन्दुमा

साझा अर्थ संवाददाता १४ पुष २०८१, आइतवार

 


साताको पहिलो दिन आज शेयरबजार परिसूचक नेप्से सूचक २१.१२ अंकले घटेर २६०९.५८ को बिन्दुमा पुगेर रोकिएको छ।

आज ३१६ कम्पनीको शेयर कारोबारबाट ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७ सय ६४ रुपैयाँ ७७ पैसाको कारोबार भएको छ।  
आज कारोबारमा आएका मध्ये महिला लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत, आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ९।.८ प्रतिशत, मानुषी लघुवित्तको शेयर मूल्य ६.०९ प्रतिशत तथा श्रीजनशील लघुवित्तको शेयर मूल्य ५.८९ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, र सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै जोशी हाइड्रोको शेयर मूल्य ८।७६ प्रतिशत घटेको छ। प्रभु बैंकको सर्वाधिक २६ करोड १० लाख तथा जानकी फाइनान्सको १६ करोड ९ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह बाहेकका सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक ४।४७ प्रतिशत तथा विकास बैंक समूह २.६५ प्रतिशत घटेको छ। आज लघुवित्त समूह सर्वाधिक १.१२ प्रतिशत बढेको छ।

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ