काठमाण्डौ । नेपाल लेयर्स कुखुरा पालक संघले मूल्य बढाएपछि अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
संघले शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार ६०० रुपैयाँ र मझौलाको ३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । योसँगै नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्ने भएको छ । अब अण्डको खुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ।
जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य बढेको हो।
साझा अर्थ संवाददाता