काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ ४.१९ अंकले बढ्दै २६ सय ३० को विन्दुमा पुगेर रोकिएको छ।
आज कारोबार अवधिभर कुल ३ सय १० कम्पनीका २ करोड ९ लाख ७८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३२ करोड ९२ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये बैंकिङ, लगानी, लघुवित्त र व्यापारबाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् ।
आज १ सय ६३ कम्पनीको सेयरमूल्य घट्दा ७० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सेयरमुल्य बढेका कम्पनीमध्ये आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।
साझा अर्थ संवाददाता