काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छुन्दुबाट १२९ जना लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार विहान १० बजे अवतरण गरेको छ ।
उक्त एयरलाइन्सले छेन्दु पोखरा काठमाडौं नियमित उडानको जानकारी दिने भएको छ । यो उडानसँगै अब सिचुवानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने तयारी गरेको छ । सिचुवानले पोखरामा उडान सुरु गरे यो विमानस्थलमा नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी हुने छ ।
पोखरा विमानस्थल चिनियाँ ऋण सहयोगमा नै बनेको विमानस्थल हो । यो विमानस्थल बनाउन सरकारले करिब २२ अर्ब रुपैयाँ खर्च गरेको भए पनि विमानस्थलको उद्घाटन भएको दुई वर्षसम्म पनि उडान भने सुरु हुन सकेको छैन । यो विमानस्थल सञ्चालनमा आएको आगामी जनावरी १ देखि दुई वर्ष पूरा हुने छ ।
साझा अर्थ संवाददाता