पात्रो

रेडियो

समाचार खोजी

पाँच कम्पनीका लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ९ पुष २०८१, मङ्गलवार

काठमाडौं । पाँच कम्पनीहरूका लगानीकर्ताले आफ्नो लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  मञ्जुश्री फाइनान्स लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने पस ९ गते अन्तिम दिन हो ।

साधारणसभा तथा लाभांश वितरण गर्न यी कम्पनीहरूले पुस ११ गते बुक क्लोज गर्दैछन् ।  पुस १० मा क्रिसमस डेको सार्वजनिक बिदा भएकाले आजसम्म कायम शेयरधनीले मात्रै यी कम्पनीहरूको लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन् । 
ञ्जुश्री फाइनान्सको सभाले चुक्ता पूँजीको करससहित ६.३५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । आरएसडिसी लघुवित्तको सभाले ९।५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश ९कर प्रयोजन० वितरणको प्रस्ताव पास गर्नेछ । कुथेली बुखरी स्मल हाइड्रोपावरले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत करसहित नगद लाभांश वितरण गर्नेछ । माउन्टेन इनर्जीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ र मिथिला लघुवित्तले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिनेछ ।

199 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता