काठमाडौं । कृषि विकास बैंकले पुस २९ गतेका कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा १८औं वार्षिक साधारणसभा डाकेको छ ।
सभाले चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र करसहित ७.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले पुुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
साझा अर्थ संवाददाता