काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले पुस २९ गते साधारण सभा गर्ने भएको छ । बैंकको सञ्चालक समितिले गत आवका लागि सेयरधनीलाई लाभांश नदिने निर्णय गरेकाले लाभांशसँग सम्बन्धित अजेण्डामा राखिएको छैन । सञ्चालक समितिले रही प्रति सेयर रु १०० का दरले १ अर्बबराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने र अधिकृत पूँजी १० अर्ब पुयाउने प्रस्ताव गरेको छ । सोही अनुसार प्रवन्धपत्रको दफा संशोधन गर्ने विेशष प्रस्ताव पारित गरिनेछन् ।
साझा अर्थ संवाददाता