उत्कृष्ट करदाताका रुपमा एनसेललाई सम्मान
ललितपुर महानगरपालिकाले गत आर्थिक वर्षम संस्थागततर्फबाट सबैभन्दा बढी कर तिरको भन्दै एनसेललाई सम्मान गरेकाे छ । महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो ।
प्रधानमन्त्री केपी ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
सबै भन्दा बढी कर तिरी देशको विकास र समृद्धिमा योगदान पुर्याएकोले उच्च कदर गर्दै एनसेललाई सम्मान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । ‘ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर गर्दै प्रदान गर्नु भएको यो सम्मानका लागि हामी कृतज्ञ छौं । ठूलो करदाताका रुपमा प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकअन्तर्गत राजश्वमा ठूलै योगदान गर्र्छौ र यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्क्षरुपमा योगदान गर्न पाउँदा गौरवान्भित छौं र यो कार्यले निरन्तरता पाउने कुरामा म विस्वश्त छु,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
एनसेलले आव २०८०÷८१ मा २०.३० अर्ब कर तथा शुल्कहरु सरकारलाई दाखिला गरेको छ । यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत दुई अर्बभन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तरसम्म पुगेर देशभरका एक करोड ३० लाखभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको छ ।
62
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो