काठमाडौं । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बुधबारदेखि नै समायोजन गरिएको मूल्यबाट कारोबार शुरु हुनेछ ।
कम्पनीले शेयरधनीहरुलाई ३ प्रतिशतले बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु.४४९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ४६३ थियो ।
साझा अर्थ संवाददाता