पात्रो

रेडियो

समाचार खोजी

मुक्तिनाथ विकास बैंकले लाभांस नदिने

साझा अर्थ संवाददाता २ पुष २०८१, मङ्गलवार

 

मुक्तिनाथ विकास बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  

बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी संचित मुनाफामा राख्ने निर्णय गरेको हो । बैंकले सोहि अनुसार वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता