पात्रो

रेडियो

समाचार खोजी

बुद्ध एयरले गर्यो राजविराज विमानस्थलमा पहिलो रात्रिकालीन उडान

साझा अर्थ संवाददाता २ पुष २०८१, मङ्गलवार

 

आइतबार बुद्ध एयरले राजविराज विमानस्थलमा पहिलो रात्रिकालीन उडान गरेको छ। योसँगै देशभर रात्रिकालीन उडान हुने विमानस्थल १० पुगेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले राजविराज विमानस्थलमा पनि इन्स्ट्रुमेन्ट फलाइट ल्यान्डिङ प्रणाली ९आएफआर० सञ्चालनमा ल्याएसँगै कम भिजिविलिटी भएको अवस्था र रात्रिकालीन समयमा पनि जहाज अवतरण गर्न सकिने भएको हो। 

 बुद्ध एयरले गत शुक्रबार इन्स्ट्रुमेन्ट अवतरणको लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्सको फिजिविलिटी परीक्षण उडान गरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए।
सो प्रणाली जडानपश्चात् राजविराज विमानस्थलमा २००० मिटर भिजिविलिटीमा र रात्रिकालीन समयमा पनि उडान–अवतरण हुनेछ। 

यसअघि विमानस्थलमा भिएफआर उडान मात्र हुने हुँदा उडानका लागि ५००० मिटरको भिजिविलिटी आवश्यक हुने गरेको थियो। आइएफआर उडान सुरु भएसँगै हिउँदको समयमा कम भिजिविलिटीले गर्दा हुने उडान डिले वा रद्द हुने अवस्था कम भई यात्रुहरूले समयमा नै यात्रा गर्न पाउने सहप्रवक्ता भुलले बताए। 

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता