पात्रो

रेडियो

समाचार खोजी

भगवति हाईड्रोपावर र  प्रभु महालक्ष्मी लाइफ इनस्योरेन्सको ४५.२४ लाख कित्ताबोनस सेयर सूचीकृत

साझा अर्थ संवाददाता १ पुष २०८१, सोमवार

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र प्रभु महालक्ष्मी लाइफ इनस्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।  
भगवति हाईड्रोपावरको २ लाख २८ हजार ८२६ कित्ता र प्रभु महालक्ष्मी लाइफको ४२ लाख ९६ हजार कित्ता गरी कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  
भगवति हाईड्रोपावरले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।  
त्यस्तै प्रभु महालक्ष्मी लाइफले पनि गत आवका लागि आर्थिक वर्ष २०७९/८०का लागि १० प्रतिशत बोनस सेयर र ०।५२६ प्रतिशत नगद लाभांश दिएको थियो । दुवै कम्पनीको उक्त बोनस सेयरहरु  सूचीकृत भएको हो । 

141 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता