काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी र मादमे खोला हाइड्रोपावरले प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० निश्कासन गर्ने भएका छन् ।
दुवै कम्पनीले आइपिओ निश्कासनका लागि वार्षिक साधारणसभा बोलाएका छन् ।
याम्बालिङ्गको साधारणसभा पुस २३ गते बिहान १० बजे होटल हार्दिक बागबजारमा र मादमे खोलाको सोही दिन, सोही स्थानमा दिउँसो २ बजे बस्नेछ ।
सभामा गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पेश हुनेछन् ।
साझा अर्थ संवाददाता