पात्रो

रेडियो

समाचार खोजी

महुली घरेलु लघुवित्तको पौने पाँच लाख कित्ता एफपिओ ५ पुसदेखि

साझा अर्थ संवाददाता २६ मंसिर २०८१, बुधवार


काठमाडौं, महुली घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि  ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने भएको छ ।   कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

यसमा पुस ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

 

287 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता