काठमाडौं । सानिमा माई हाईड्रोपावर लिमिटेडले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँँजी ३ अर्ब ३९ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश पारितका पुस २८ गते हुने कम्पनीको १३औं वार्षिक साधारण सभा गर्ने छ । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
साझा अर्थ संवाददाता