काठमाडौं । आइसिएफसि फाइनान्स कम्पनीले ५ दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०र८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
गत वर्ष कम्पनीले कर समेत ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साझा अर्थ संवाददाता