पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा गिरावट

साझा अर्थ संवाददाता २२ साउन २०८१, मङ्गलवार

काठमाडौंः सोमबार रेकर्डनै बनाएको सुनको मूल्यमा मंगलवार भने गिरावट आएको छ । सुनको मूल्य मंगलवार एकै दिन तोलमा २३ सय रुपैयाँ घटेको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावट सँगै नेपालमा पनि यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४ सय ५५ डलरमा कारोबार भइराखेको थियो । मंगलबार मूल्य निर्धारण गर्दा प्रतिऔंस २४ सय ११ डलर रहेको बताइएको छ ।

169 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु