सिद्धार्थ बैंकले ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मङ्सिर २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रहेको छ । बैंकले कुल ५६ करोड ३५ लाख ९९ हजार २ सय ८ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ।
साझा अर्थ संवाददाता