नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी
दोलखा : नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी गरिएको छ । विहिवार प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघ केन्द्रले सदस्यता वितरणमा गरेको विभेदका विरुद्ध तालाबन्दी गरेका हुन् ।
विहिवार प्रेस चौतारी नेपाल तथा समाजवादी प्रेस संगठनले संयुक्त रुपमा सदस्यतामा गरिएको विभेदका विरुद्ध दोलखा शाखामा तालाबन्दी गरेको प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलले जानकारी दिनुभयो । शाखाले दोलखाका ९५ सदस्यहरूको सदस्यता यथावत् कायम गर्न र निष्पक्ष निर्वाचन प्रक्रियालाई अघि बढाउन माग गर्दै तालाबन्दी गरेको उहाँको भनाई रहेको छ ।
हालै सार्वजनिक गरिएको नेपाल पत्रकार महासंघका सदस्यको अन्तिम नामावलीमा केही शिक्षकको नाम पूर्वाग्रहसाथ हटाइएको छ भने केहीको नविकरण गरिएको छ । यस्तै सहकारीमा कार्यरत कसैको नाम काटिएको छ भने कसैको नविकरण गरिएको छ । क्रियाशिल पत्रकारहरुको नाम हटाइएको छ भने समाचारनै नलेख्नेहरुको नाम बदनीयत पुर्वक राखिएको दोलखाका पत्रकारहरुको आरोप छ ।
273
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो