साताको अन्तिम दिन आज बिहीबार शेयर बजार परिसूचक नेप्से १५.९३ अंकले घटेर २७३४.९३ को बिन्दुमा रोकिएको छ।
आज कारोबारमा आएका ३०७ कम्पनीका शेयर खरिद बिक्रीबाट ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजारको कारोबार भएको छ। जस मध्ये नेपाल फाइनान्सको सर्वाधिक ४२ करोड १९ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये खानीखोला हाइड्रो सर्वाधिक ९.९८ प्रतिशत, सुपर मादी हाइड्रो ९.९५ प्रतिशत, मानुषी लघुवित्त ९.८१ प्रतिशत तथा लाइफ इन्स्य्पोरेन्स कर्पोरेशन ७.९९ प्रतिशत बढेको छ।
सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य सर्वाधिक ८.३७ प्रतिशत घटेको छ । गुराँस लघुवित्तको शेयर मूल्य ६.५२ प्रतिशत, तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्य ६.१० प्रतिशत घटेको छ।
आज ट्रेडिङ समूह सर्वाधिक ३.६७ प्रतिशत बढेको छ भने होटेल समूह सर्वाधिक ३.६३ प्रतिशत घटेको छ।
साझा अर्थ संवाददाता