हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको कारण देखाउँदै आन्तरिक जहाजभाडा भाडा एक सय २५ रुपैयाँसम्म वृद्धि गरिएको छ । इन्धन मूल्यमा भएको वृद्धिले समग्र खर्चमा असर गरेको भन्दै भाडादर वृद्धिको निर्णय भएको नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले जनाएको छ ।
सबैभन्दा धेरै विराटनगर–धनगढी एक सय २१ मिनेटको उडानमा प्रतियात्रु एक सय २५ रुपैयाँ जहाजभाडा वृद्धिको सिफारिस गरिएको छ । यो रुटको भाडादरमा इन्धन खर्चबापत न्यूनतम आठ हजार एक सय १५ रुपैयाँ लिने गरेकोमा बुधबारदेखि आठ हजार दुई सय ४० रुपैयाँ जोडेर टिकट मूल्य निर्धारण गर्न पाइने क्यानले जनाएको छ । यद्यपि, क्यानले सिफारिस गर्दै आएको न्यूनतम भाडादर वायुसेवाले लागू गर्ने गरेका छैनन् ।
बुधबारबाट लागू हुने नयाँ भाडादरअनुसार सबैभन्दा कम काठमाडौं–सिमरा रुटका लागि १५ रुपैयाँ वृद्धि हुने भएको छ । यो रुटमा १६ मिनेटको उडान हुने गरेको छ । यो रुटमा उडान हुँदा प्रतिटिकट मूल्यमा एक हजार एक सय ३५ रुपैयाँ इन्धन खर्चबापत जोडिने गरेकोमा बुधबारदेखि एक हजार एक सय ५० रुपैयाँ जोडेर टिकट मूल्य निर्धारण हुनेछ ।
साझा अर्थ संवाददाता