पात्रो

रेडियो

समाचार खोजी

असोजमा आएको बाढीले क्षति भएको भन्दैै सवा १२ अर्बको बिमा दाबी

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

१०–१२ असोजमा आएको बाढीपहिरोबाट क्षति भएको भन्दै निर्जीवन बिमा कम्पनीहरूमा  १२ अर्ब २६ करोड चार लाख रुपैयाँ दाबी परेको छ । नेपाल बिमा प्राधिकरणबाट प्राप्त १२ मंसिरसम्मको तथ्यांकले तीन हजार पाँच सय १९ वटा दाबी परेको हो । 

१४ ठुला र चार लघु निर्जीवन बिमा कम्पनीहरूमा आएको दाबी मात्रै हो । हालसम्म कम्पनीहरूले ७८ करोड ९३ लाख आठ हजार रुपैयाँ अग्रिम भुक्तानी दिएका छन् ।

एक हजार २१५ संख्यामा कम्पनीहरूले सोबराबरको दाबी दिएका हुन् । पछिल्लो विपतबाट ग्राहकलाई परेको असरलाई दृष्टिगत गर्दै अग्रिम दाबी भुक्तानी पनि दिइरहेको नेपाल बिमक संघका अध्यक्ष क्षेत्रीले बताए । अन्तिम दाबी भुक्तानी भने सर्भेयरको प्रतिवेदनका आधारमा गरिने उनको भनाइ छ  ।

तथ्यांकअनुसार घर, भवन, सञ्चालित परियोजना ९सम्पत्ति बिमा०बाट सबैभन्दा धेरै दाबी परेको छ । हालसम्म त्यसअन्तर्गत नौ अर्ब एक करोड ९५ लाख रुपैयाँबराबरको १७ सय १६ वटा दाबी परेका छन् । 

273 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ