पात्रो

रेडियो

समाचार खोजी
राजदुत नियुक्ति

नाता र दाताका आधारमा राजदूत नियुक्त गरिएको हो : सांसद् खतिवडा

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले सरकारले राजदूत फिर्ता गरेर नाता र दाताको आधारमा नियुक्त गरिएको हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

 

आज प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाइरहेको अवस्थामा भारतका राजदूतले हटाउन लागेको खबर थाहा पाएकोले कूटनीतिक रूपमा सरकार असफल रहेको बताएका हुन् ।

 

सांसद् खतिवडाले भने,‘फेरि नयाँ राजदूत नियुक्त गरिए, केहीले यसमा मेरो ? चि नै छैन है भन्दै बिचैबाट भागेको देखियो । केही स्वार्थ बाझिने गरी नाता र दाताका आधारमा नियुक्त गरिए । म्यानपावर व्यवसायी त्यहाँ पेसा गर्न नियुक्त भए भन्ने खबर सुन्नमा आएको छ भन्ने सुन्नमा आएको छ जवाफ चाहियो ।’

 

कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्सा प्रकाशन गरे पनि त्यसलाई फिर्ता ल्याउन किन पहल नभएको भन्दै उनले प्रश्न गरे ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ