पात्रो

रेडियो

समाचार खोजी

कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा, निक्षेप संकलन र कर्जा प्रवाहमा रोक

साझा अर्थ संवाददाता ११ मंसिर २०८१, मङ्गलवार

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गर्दै कारबाही गरेको छ । यो सँगै बैंकले निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइएको छ ।


बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०।८५ प्रतिशत कायम हुने लगायतका कारणले समस्याउन्मुख घोषणा गरेको राष्ट्र बैंकले जनाएको छ ।

 
 बैंकमा २०८१ साउन ६ देखि ११ सम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०।८५ प्रतिशत कायम हुने देखिएको थियो ।

273 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्