नेपाल वायुसेवा निगमका पाइलटहरुले हडताल गरेपछि निगका अन्तराष्ट्रिय उडानको तालिका अस्तव्यस्त भएको छ । आइतबारको केही उडान रद्द भएको छ भने केही उडान दश घण्टासम्म डिले भएको छ । जसले गर्दा विमानस्थल पुगेका सयौ यात्रु अलपत्र परेका छन् ।
निगममा वाइडबडी र न्यारोबडीका ४३ जना स्थायी पाइलट मध्ये आठ पाइलटले ६ मंसिरदेखि नियोजित रूपमा ‘बिरामी र अर्जेन्ट काम’ परेको भन्दै बिदामा बसेका छन् । करारमा कार्यरत पाइलटहरूको तुलनामा आफूहरूले प्राप्त गर्ने सेवा–सुविधा कम भएको भन्दै स्थायी आठ पाइलटले सुविधा बढाउन माग गर्दै आइरहेका छन् ।
सेड्युल उडानमा रहेका पाइलटहरू बिदा बसेपछि शुक्रबारदेखि उडान प्रभावित भइरहेको हो । जसले गर्दा आइतबरा दिउसो साढे १२ बजे उड्ने काठमाडौ मुम्बईको उडान १० घण्टा ढिलो राती १० बजेमात्र उडेको थियो । त्यस्तै काठमाडौं भैरहवा दुबई उडान त रद्द नै गर्नुपरेको छ ।
‘सोमबार पनि के–कति उडान हुन्छन्, या रद्द हुन्छ भन्न नसकिने निगका अधिकारीहरु बताउँछन् ।
साझा अर्थ संवाददाता