पात्रो

रेडियो

समाचार खोजी

मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम पाइपलाईन परियोजना को प्रगति ९० प्रतिशत

साझा अर्थ संवाददाता १८ साउन २०८१, शुक्रवार

धनुुषा, १८ साउन : नेपाल-भारत सहयोगमा निर्माणाधीन मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाको काम ९० प्रतिशत पूरा भएको छ । अयोजनाको दोस्रो चरणकोकाम अन्तिम चरणमा पुुगेसँगै आयाजनाको कामको प्रगति ९० प्रतिशत पुुगेको हो । 
परियोजनाको दोस्रो चरणको काम प्रायः पूरा भएको तथा समग्रमा आयोजनाको काम ९० प्रतिशत पूराभएको नेपाल आयल निगम मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुुभयो । मोतिहारी-अमलेखगञ्ज पेटोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको मुख्य ट्याङ्की चार हजार एक किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण पूरा भएको तथा अन्य प्राविधिक काम दुई महिनाभित्र सम्पन्न गर्नेगरी द्रुतगतिमा भइरहेको कार्यालय पञ्मुख उपाध्यक्ष्यले जानकारी दिनुभयो । परियोजनाको ट्रोलियम पदार्थको भण्डारणसँगै पाइप लाइन जडानकार्य पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा सरकारको रु एक अर्ब ५४ करोड तथा भारत सरकारको रु ६० करोड लगानी मा निर्माणाधिन रहेको छ ।

261 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु