पात्रो

रेडियो

समाचार खोजी

निगमका चार वटै जहाज अन्तर्राष्ट्रिय उडानमा

साझा अर्थ संवाददाता ३ मंसिर २०८१, सोमवार

काठमाडौं। नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज नाइन एन–एएलजेड (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ। जहाजको नियमित सि–चेकको मर्मतपछि नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताएका हुन्।

जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो। उनले भने, ‘अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ। जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। आज बेलुकाबाटै उडान सुरु हुनेछ।’

उक्त जहाजसहित निगमका चार वटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलको भनाइ छ।

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्