पात्रो

रेडियो

समाचार खोजी

अब नेपाली श्रमिकलाई भारतिय विमानस्थलबाट गन्तव्य मुलुक जान एनओसी नचाहिने

साझा अर्थ संवाददाता २६ कार्तिक २०८१, सोमवार



२६ कात्तिक, काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकले भारतको विमानस्थल प्रयोग गरेर गन्तव्य मुलुक जान पाउने भएका छन् । दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली श्रमिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने व्यवस्था लागु गरिएको जानकारी गराएको छ ।

  सुचना अनुसार अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन ।  रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी लिनु पर्ने सुचनामा उल्लेख छ ।


ट्राभल एनओसी आवश्यक पर्ने नेपाली नागरिकहरूलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातहरू सहित तोकिएको मितिभन्दा कम्तिमा सात दिन अगाडि सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ । 

235 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता