पात्रो

रेडियो

समाचार खोजी

तीन सय प्रतिशतसम्म बढ्यो अन्तराष्ट्रिय हवाई भाडा

साझा अर्थ संवाददाता २४ कार्तिक २०८१, शनिवार

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न सञ्चालन समय १० घण्टा कटौती गरिएपछि अन्तराष्ट्रिय हवाई भाडामा चर्को मूल्य बृद्धि भएको छ । अन्तराष्ट्रिय उडान संख्या कटौती हुँदा हवाई भाडामा तीन सय प्रतिशतसम्म बृद्धि भएको छ । सबैभन्दा बढी काठमाडौं दिल्ली उडानमा भाडा बृद्धि गरिएको छ । काठमाडौबाट दिल्लीको उडानमा एक तर्फी १० देखि १५ हजार रुपैयाँ पर्ने हवाइ भाडा अहिले एक तर्फीनै ४० हजार रुपैयाँ पुगेको छ । 

यसको प्रमुख असर विदेश जाने नेपालीलाई परेको छ । हाल दैनिक १ हजार ५ सय बढी नेपाली युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने गरेका छन् । 
त्यस्तै, कतारको एक तर्फी हवाई भाडा नै एक लाख रुपैयाँ पुगेको छ । यसअघि कतारको दुईतर्फको हवाई टिकटको शुल्क ५० हजार रुपैयाँ थियो ।  


दुबईको एक तर्फ ८५ हजार रुपैयाँ पुगेको छ । यसअघि दुई तर्फी उडानको ५५ हजार रुपैयाँ थियो । मलेसियाको एकतर्फी ८० हजार रुपैयाँ पुगेको छ । यसअघि एक तर्फीको टिकट ४८ हजार रुपैयाँ थियो । कुवेतको एकतर्फी शुल्क नै ७० हजार रुपैयाँ पुगेको छ । यस अघि भने ३५ हजार रुपैयाँ थियो । 

 
 
 

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता