पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल आइएमईका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक

साझा अर्थ संवाददाता २२ कार्तिक २०८१, बिहिवार

 

ग्लोबल आइएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने भएका छन् । बैंकले ल्याएको क्यासब्याक अफर योजनाअनुसार बैंकको मोबाइल बैंकिङ यती एयरलाइन्स टिकटको खरिदमा निश्चित ५०० रुपैयाँ क्यासब्याक पाउनेछन् । 

क्यासब्याक प्राप्त गर्न बैंकका ग्राहक तथा ग्राहक परिवारका सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यतीको टिकट बुक गर्दा ‘फ्लाई यती’ प्रोमो कोड प्रयोग गर्नुपर्नेछ । ग्राहकहरूले यो प्रोमो कोड तीनपटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने बैंकले जनाएको छ । 

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । 

साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

294 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु