पात्रो

रेडियो

समाचार खोजी

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

साझा अर्थ संवाददाता १६ साउन २०८१, बुधवार

तनहुँः तनहुँमा गत आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएको पाइएको छ । जिल्लामा पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएको पाईएको हो  । सोही आर्थिक वर्षमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।
पर्यटन तथा उद्योग कार्यालयकार्यालयका प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही गत आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए ।  सो आवमा रु ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ ।  आव २०७९/८० मा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

294 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ