पात्रो

रेडियो

समाचार खोजी

भारतको केरलाको  चिया बगानमा पहिरो जाँदा ९३ जनाको मृत्यु

साझा अर्थ संवाददाता १५ साउन २०८१, मङ्गलवार

काठमाडौंः भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानमा मङ्गलबार कम्तीमा ९३ जनाको मृत्यु भएको छ भने कम्तीमा दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् ।
केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ । वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ ।
केरलका मुख्यमन्त्री पिनाराई विजयनले भन्नुभयो, “हालसम्म ९३ शव फेला परेका छन् । यो हाम्रो राज्यले देखेको सबैभन्दा खराब प्राकृतिक प्रकोप हो ।” अन्य एक सय २८ जनालाई उद्धारपछि उपचारका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो  ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “मेरो विचारहरू आफ्ना प्रियजनहरू गुमाउने सबैसँग र घाइतेहरूका लागि प्रार्थना छ ।”
जिल्लाका धेरैजसो बासिन्दा सुतिरहेका बेला बिहानैदेखि लगातार दुईवटा पहिरोले जिल्लाका धेरैजसो सम्पदा प्रभावित भएका छन् ।
नेशनल डिजास्टर रेस्पोन्स फोर्सले प्रकाशित गरेका तस्बिरहरूले उद्धार टोलीहरू बाँचेकाको खोजी गर्न र स्ट्रेचरहरूमा शवहरू बाहिर लैजान हिलोमा हिँड्दै गरेको देखाइएको छ ।
पहिरोले कार, नालीदार फलाम र विपद् स्थल वरपरका अन्य फोहोरहरू छरिएका कारण घरहरू खैरो धुलोले भरिएका थिए ।
भारतीय सेनाले राज्य सुरक्षा बलहरू र अग्निनियन्त्रकहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गर्न यस क्षेत्रमा दुई सयभन्दा बढी सैनिक तैनाथ गरेको बताएको छ ।
केरला राज्य मन्त्री एम.बी. राजेशले हालसम्म दुई सय ५० भन्दा बढी व्यक्तिको उद्धार गरिएको बताउनुभएको द हिन्दू पत्रिकाले जनाएको छ ।
उक्त घटनामा घाइते पीडित परिवारले दुई लाख रुपैयाँ क्षतिपूर्ति पाउने प्रधानमन्त्री कार्यलायले बताएको छ । केरलामा मङ्गलबार थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको राज्यको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ । (रासस)

तस्विर: न्युज १८

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ