“ केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” सम्पन्न
काठमाडौँ, कार्तिक १२ – केटिएम नेपालले हालसालै बहुप्रतिक्षित “केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” कार्यक्रम सफलतापूर्वक समापन गरेको छ । यही कार्तिक ०९ र १० गते भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजित यो २ दिने कार्यक्रमले २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटिएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र “हट ल्याप च्यालेन्ज” मा सहभागी हुने अवसर प्रदान ग¥यो ।
कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसि, र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाए । साथै अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो ।
दोस्रो दिन “हट ल्याप च्यालेन्ज” आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले छ–छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो ।
“केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स” ले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटिएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको छ जसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनायो । केटिएम नेपालले भविष्यमा यस्तै रोमाञ्चक कार्यक्रमहरू आयोजना गर्दै नेपालको सवारी समुदायलाई प्रेरित र संलग्न गराउन तत्पर छ ।
55
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो