पात्रो

रेडियो

समाचार खोजी

नेपालको पर्यटन प्रवद्र्धनका लागि एनटीबी र राकुटेन भाइबरसँग सहकार्य

साझा अर्थ संवाददाता १० कार्तिक २०८१, शनिवार

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका लागि लोकप्रिय फ्री कलिब तथा मेसेजिब एप राकुटेन
भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय
विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसालले बुधबार, कार्तिक ७
गते तदनुसार (२३ अक्टोबर २०२४)मा यो सहयोगका विषयमा सम्झौता गर्नु भएको थियो ।
बोर्डको आधिकारिक भाइबर प्लेटफर्मः ल्भउबल्यिध दथ ल्त्द्य, अन्र्तगत पर्यटन उद्योग, देशका
पर्यटक र आम जनता र विश्वभरका नेपालीहरू बीच दैनिक सञ्चार र पर्यटन अद्यावधिकहरू सहित
पर्यटन जानकारीको प्रसारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ । यस च्यानललाई नेपालको विभिन्न
भागमा रहेका पर्यटकीय गन्तव्य, नयाँ उत्पादन, प्याकेज, गतिविधि र अनुभवका बारेमा नवीनतम समाचार
र अपडेटहरू आदान प्रदान गर्न पनि प्रयोग गरिनेछ । साझेदारीको अवधिमा प्रवर्द्धन अभियान र स्टिकर
प्याकहरू पनि सञ्चालन गरिनेछ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशीले भाइबरसँगको सहकायले नेपालको पर्यटन प्रर्वछन हुनेमा
प्रति आशावादी रहेको बताउनु भयो । “भाइबर धेरै लोकप्रिय प्लेटफर्म हो। यसले नेपाललाई गन्तव्यको
रूपमा अझ बढि ब्रान्ड भिजिबिलिटी बनाउनुका साथै हाम्रा उत्पादन र अनुभवहरूलाई विविधीकरण गर्न
मद्दत गर्नेछ भन्नेमा हामी सकारात्मक छौं । हामी पूरक र क्रस कटिब सञ्चारका लागि ट्राभल ब्लगरहरू,
सामग्री सिर्जनाकर्ताहरू, टुर अपरेटरहरू र यात्रुहरूको साथ एक गतिशील समूह सिर्जना गर्ने योजनामा
छौं । डिजिटल एक्सचेन्ज र एआईको यो युगमा, हामीले हाम्रा दर्शकहरूलाई थप आकर्षक र व्यक्तिगत
रूपमा पुग्न त्यस्ता लोकप्रिय च्यानलहरूको प्रयोग गर्नु महत्तवपूर्ण हुनेछ उहाँले भन्नुभयो । ”
एपीएसी, राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड त्सेले राकुटेन भाइबर विगत केही वर्षदेखि नेपालको
पर्यटन उद्योगलाई सहयोग गर्न प्रतिबद्ध रहको बताउनु भयो । “नेपाल पर्यटन बोडसँगको साझेदारीले
नेपाललाई घुम्नैपर्ने गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो।”
उहाँले भन्नुभयो ।
उहाँले आफ्नो प्लेटफर्म मार्फत देशको आश्चर्यजनक परिदृश्य र अद्वितीय अनुभवहरू प्रदर्शन गर्ने लक्ष्य
राख्ने धारणा राखनु भयो । राकुटेन भाइबर नेपाली उपभोक्ताहरु माझ सबैभन्दा रुचाइएको सञ्चार एप
हो र हालै विगत छ महिनामा नेपालका छ वटा बिभिन्न सरकारी निकायहरु संग साझेदारी गरेको छ ।

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता