एनसेल फाउन्डेसनद्वारा १९ वटा परियोजनाका लागि आवेदन माग
एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्य गर्न आवेदन खुला गरेको छ । एनसेलको १९औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजना कार्यान्वयन गर्न फाउन्डेसनले योग्य संस्थालाई अनुदानका लागि आवेदन खुला गरेको हो ।
‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्ने एनसेलले जनाएको छ । यस पहलअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपत् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोगलगायतका क्षेत्रमा परियोजना लागू गरिनेछन् ।
‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिनेछन् र छनोटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख रुपैयाँ अनुदान प्रदान गरिने बताइएको छ । यस पहलका लागि कुल योगदान एक करोड ९० लाख रुपैयाँको हुनेछ । एनसेल फाउन्डेसनले गैरनाफामूलक स्थानीय संघ–संस्थालाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौती तथा समस्या समाधान गर्न अनुदान अर्थात् परियोजना प्रस्ताव पेस गर्न आमन्त्रण गरेको छ ।
यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनालाई सहयोग गर्न ठूलो महत्व राख्छ । एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनालाई प्राथमिकता दिने एनसेलको भनाइ छ ।
गत वर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजना सञ्चालन गर्न सहयोग गरेको पनि एनसेलले जनाएको छ । यस वर्षका परियोजनाले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न योगदान पु¥याउने उद्देश्य राखेको छ ।
76
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो