पात्रो

रेडियो

समाचार खोजी

नेपालमा लगानी गर्न जापानीहरूलाई आग्रह

साझा अर्थ संवाददाता १४ साउन २०८१, सोमवार

काठमाडौँः  राष्ट्रपति रामचन्द्र पौडेलले जापानीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ  ।  जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग शिष्टाचर भेटघाटको क्रममा राष्ट्रपति पौडेलले सो आग्रह गर्नु भएको हो । 
राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताउनुभयो । सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गर्नु भयो । साथै नेपाललाई जापानले हालसम्म गरेको सहयोगकालागि धन्यवाद ज्ञापन गर्नु भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । 
सोही अवसरमा जापानी प्रतिनिधिमण्डलका सदस्यहरुले जापानी कम्पनीहरुले नेपालमा लगानी गर्न चाहेकाले ती कम्पनीलाई लगानी गर्न सहज वातावरण बनाउन आग्रह गर्नु भएको थियो । प्रतिनिधिमण्डलले आर्थिक गतिविधिको मुख्य केन्द्र राजधानी काठमाडौँ बनिरहेकाले अहिलेको परिस्थितिलाई विकेन्द्रित गरी गाउँगाउँबाट जापान जाने र प्रविधि सिकेर त्यहीँ गएर काम गर्ने वातावरण बनाउनसमेत नेपालाई सुझाव दिएको थियो ।

217 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ