पात्रो

रेडियो

समाचार खोजी

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबिच समझदारी

साझा अर्थ संवाददाता ६ कार्तिक २०८१, मङ्गलवार

 

नेपाल चेम्बर अफ कमर्स (एनसिसी) र सिंगापुर इन्डियन चेम्बर अफ कमर्स (एसआइसिसिआई)बिच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र एसआइसिसीआईबिच नेपालको जलविद्युत्, पर्यटन, खनिजलगायत अन्य प्राकृृतिक स्रोतमा लगानीका लागि समझदारी भएको छ ।

सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआइसिसिआईका पदाधिकारीसँग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए । अध्यक्ष अग्रवालले भने, ‘नेपालमा जलविद्युत्, पर्यटन, खानी एवं प्राकृतिक अन्य स्रोतहरूमा लगानीका लागि सिंगापुरका लगानीकर्तासमक्ष आग्रह गर्दछु ।’ साथै उनले नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ  कमर्सले सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए  ।

राजनीतिक स्थिरता, कानुनी पाटोमा सुधार हु“दै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको र पर्यटकीय दृष्टिकोणले समेत नेपाल उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गरे । नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारीमार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालको जोड थियो । 

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ