साना तथा मझौला व्यवसायलाई सशक्त बनाउन टिकटकको कार्यशाला
नेपालमा साना र मझौला व्यवसाय सशक्तीकरण गर्न टिकटकले काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ । ‘ग्रो विथ टिकटक मास्टरक्लास’ नामक कार्यशालाले व्यवसाय बढाउन टिकटक प्लेटफर्म कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको समूहलाई एकसाथ ल्याएको थियो ।
कार्यशालामा सहभागीले ब्रान्ड भिजिबिलिटी बढाउन, युवावर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवालाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका सुविधाको लाभ कसरी उठाउने भन्नेबारे प्रशिक्षण प्राप्त गरेका थिए ।कार्यशालाले विशेषज्ञको नेतृत्वमा टिकटकमार्फत गर्न सकिने प्रवद्र्धनका विविध पक्षलाई समेट्ने सत्रहरूको शृंखला प्रस्तुत गरेको जनाएको छ । सहभागीलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रिएसन टुल्स, दर्शक संलग्नताका लागि उत्तम अभ्यास र टिकटक अभियानलाई प्रभावकारी बनाउने रणनीतिको परिचय गराइएको थियो ।
कार्यशालाकै क्रममा सहभागीलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाबारे जानकारी गराउन विशेष सत्रसमेत सञ्चालन गरिएको टिकटकले जनाएको छ । उक्त कार्यशालाले साना र मझौला व्यवसायका लागि एक नेटवर्किङ अवसर पनि प्रदान गरेको बताइएको छ । सहभागीले विभिन्न उद्योगका साथीसँग जोडिन, अनुभव बाँड्न र साझा चुनौती र समाधानबारे छलफल गर्ने मौका पाएका थिए ।
145
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो