काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालमा १६ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । चालु आवको साउन, भदौ र असोजमा २ सय ४ परियोजनामार्फत १६ अर्ब ४४ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।
यस अवधिमा आएको लगानी प्रतिवद्धतामध्ये अटोमेटिक रुटबाट ७३ परियोजनामार्फत १ अर्ब १ करोड ३५ लाख ६० हजार रहेको छ । यस्तै विभागमै पुगेर लिईने स्वीकृति प्रक्रियाअन्तर्गत १ सय ३१ परियोजनामार्फत १५ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।
साझा अर्थ संवाददाता