सामेछापः रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरो पिडीतलाई सहयोग गरिएको छ । पहिरोमा मृृत्यु हुनेको परिवारलाई सांसद कान्छाराम तमाङले सहयाग गर्नु भएको हो ।
पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूणर्बहादुर (कान्छाराम) तामाङले शनिवार राहत रकम उपलब्ध गराउनुभयो।
सांसद तामाङले प्रतिपरिवार रु १० हजारका दरले सहयोग गर्नुभएको हो । गत बिहीबार राति स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा तीनजना किशोरीको मृत्यु भएको थियो । पहिरोमा परी १७ वर्षीया सीता तामाङ, १४ वर्षीया तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको थियो । सांसद तामाङले मृतकका आफन्त विमान तामाङ, पदम तामाङ र पेमा तामाङलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
साझा अर्थ संवाददाता