पात्रो

रेडियो

समाचार खोजी

बाढीपहिरो तथा डुबानबाट भएको क्षतिमा नौ अर्बको दाबी

साझा अर्थ संवाददाता २ कार्तिक २०८१, शुक्रवार

बाढीपहिरो तथा डुबानबाट भएको क्षतिमा बिमा कम्पनीहरूमा झन्डै नौ अर्बबराबरको दाबी परेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीहरूमा आठ अर्ब ९८ करोड ३० लाखबराबरका तीन हजार दुई सय ४४ वटा दाबी परेका छन् । 


तथ्यांकअनुसार सम्पत्ति बिमामा मात्रै ६ अर्ब ६८ करोड ६७ लाखका एक हजार ६ सय २० वटा दाबी आएका छन् । यसैगरी, इन्जिनियरिङ बिमामा एक अर्ब ८४ करोड सात लाखबराबरका दुई सय ५९ वटा दाबी परेका छन् । यसका अलावा निजी मोटर बिमामा २३ करोड ७२ लाखबराबरका आठ सय १६ वटा, सार्वजनिक मोटर बिमामा १६ करोड ९४ लाख रुपैयाँबराबरका तीन सय ४०, सामुद्रिक बिमामा दुई करोड २० लाख रुपैयाँबराबरका २३ वटा, कृषि बाली बिमा एक करोड ११ लाख रुपैयाँबराबरका एक सय २३ वटा, पशुपक्षी बिमामा एक करोड एक लाख रुपैयाँबराबरका ४८ र विविधमा ५४ लाख ८५ हजार रुपैयाँबराबरका १५ वटा दाबी परेका छन् । बाढीले देशभर ४६ अर्ब चार करोड रुपैयाँको क्षति पुर्‍याएको सरकारी आँकडा छ । बाढीले पुर्‍याएको क्षतिमा २० प्रतिशतको अनुपातमा मात्रै दाबी पेस भएको देखिन्छ ।

 कम्पनीहरूले अग्रिम दाबी दिन पनि सुरु गरेका छन् । हालसम्म ९७ वटा दाबीमा १७ करोड २८ लाख २८ हजार रुपैयाँ अ ग्रिम दाबी गरिएको छ ।  

हालसम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सले २३ हजार, नेकोले ६६ हजार, शिखरले १७ करोड २४ लाख ७१ हजार, आइजिआई प्रुडेन्सियलले ३८ हजार, सानिमा जिआइसीले दुई लाख १६ हजार र प्रभुले ११ हजार रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका छन् ।   

 

314 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु