दोलखाः गौरिशंकर गाउँपालिका वडा नम्बर नौ मा रहेको दोलखाको प्रशिद्ध पर्यटकीय स्थल रोलवालिङ क्षेत्रमा पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्यटकीय सिजन लागेसँगै यो क्षेत्र घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा ठूलो मात्रामा बृद्धि भएको हो ।
रोलवालिङ क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेकोले यो क्षेत्रमा विद्यमान होटलहरुले थेग्न गाह्रो भइरहेको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । सो क्षेत्रका केही होटलहरु गत असार २९ मा आएको भीषण बाढी पहिरोले बगाएकोले होटलको संखयामा कमी भई पर्यटकहरुलाई सेवा दिने होटलहरुको संख्यामा समेत कमिअएकोले समस्या भएको उहाँले बताउनु भयो । कतिपय पर्यटकहरुले होटल भनीदिन आफूलाई राति फोन गर्ने गरेको वडाध्यक्ष शेर्पाको भनाई रहेको छ । गौरिशंकर संरक्षण क्षेत्र भित्र पर्ने भएकोले नयाँ होटलहरु थप्न पनि झञ्जटीलो प्रकृया रहेको उहाँको भनाई रहेको छ ।
गत असार २९ गतेको बाढीले रोलवालिङ पदयात्रा मार्गका विभिन्न भागहरु बगाउनाका साथै विभिन्न ठाउामा रहेका झोलुङ्गे पुलहरु बगाएकोमा स्थानीय सरकार तथा वडाको पहलमा खोलाहरुमा काठे साघु हालिएको तथा कतिपय स्थानमा बैकल्पीक मार्ग निर्माण गरिएको गौरिशंक गाउँपालिका वडाअध्यक्ष शेर्पाले जानकारी दिनुभयो । बाढी पहिरोको कारण रोलवालिङ क्षेत्रको सम्पर्क जिल्लाका अन्य क्षेत्र सँग टुटेपछि वडाध्यक्ष शेर्पा पदमार्ग अस्थाई रुपमा खोल्न सबैलाई आग्रहगर्दै आफै जुट्नु भएको थियो ।
रोलवालिङ पदयात्रा मार्ग हुँदै पर्यटकहरु विश्व प्रसिद्ध च्छोरोल्पा ताल तथा दुध कुण्ड लगायतका ठाउँमा पुग्ने गर्दछन् ।




साझा अर्थ संवाददाता