पात्रो

रेडियो

समाचार खोजी

मुस्ताङमा ८१ प्रतिशतले बढे विदेशी पर्यटक, चालु आर्थिक वर्षमा साढे २ लाख भित्रिए

साझा अर्थ संवाददाता ९ असार २०८३, मङ्गलवार

काठमाडौँ, ९ असार 

नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुस्ताङमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल २ लाख ४४ हजार ८ सय ८० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्, जुन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ८१.८४ प्रतिशतको उच्च वृद्धि हो। गत वर्षको यसै अवधिमा १ लाख ३४ हजार ६ सय ६४ जना पर्यटक मात्र मुस्ताङ पुगेका थिए।

मुस्ताङ भ्रमण गर्ने पर्यटकको यो वृद्धिमा भारतीय नागरिकहरूको भूमिका सबैभन्दा ठूलो देखिएको छ। प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार जेठ महिना (मध्य मे देखि मध्य जुनसम्म) मा मात्रै ९० हजार ९ सय ३९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्, जसमा झन्डै ९० प्रतिशत हिस्सा भारतीय पर्यटकको रहेको छ। गत वर्षको जेठ महिनामा भने २४ हजार ३ सय ७२ जना मात्र विदेशी पर्यटक त्यहाँ पुगेका थिए। मुस्ताङमा वर्ष बढेसँगै पर्यटक आगमन निरन्तर उकालो लागिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा ९९ हजार ३ सय ९९ पर्यटक पुगेको मुस्ताङमा गत आर्थिक वर्ष कुल १ लाख ५० हजार ४ सय ५३ पर्यटक भित्रिएका थिए, जसले यस क्षेत्रको बढ्दो आकर्षणलाई पुष्टि गर्छ।

55 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु