पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशमा चार मन्त्रीले लिए शपथ

साझा अर्थ संवाददाता १२ साउन २०८१, शनिवार

किरण शिवाकोटी, हेटौंडा : बागमती प्रदेशमा चार जना मन्त्रीले शपथ लिनु भएको छ । शनिवार नवनियुक्त मन्त्रिहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्षा शपथ लिनु भएको हो ।  
पद तथा गोपनियततको शपथ लिने मन्त्रीहरुमा  हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरी रहनु भएको छ । 
मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हरुको विभागीय जीम्मेवारी पनि हेरफेर गर्नु भएको छ । काँग्रेसबाट नियुक्त मन्त्रीहरुमा कुन्दनराज काफ्लेलाई आर्थिक मामिला,  सामाजिक विकास मन्त्रालय हरिप्रभा खड्गीलाई, सुरजचन्द्र लामीछानेलाई आन्तरिका मामिला तथा कानुन मन्त्रालय, मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय तथा विमल ठकुरीलाई सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मन्त्री मदुकुमार श्रेष्ठभने अझै विना विभागीय नै रहनु भएको छ ।

264 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्