पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाद्वारा मन्त्रिपरिषद् विस्तार

साझा अर्थ संवाददाता १० साउन २०८१, बिहिवार

किरण शिवाकोटी, हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । उहाँले विहिवार नेपाली काँग्रेसबाट चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्नु भएको हो । 
नवनियुक्त मन्त्रीहरुमा प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन तथा बिमल ठकुरी रहनु भएको छ  । प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्र लामीछाने लाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जन लार्ई युवा तथा खेलकुद र बिमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास तथा श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठलाई भने अझै विना विभागीय राखिएको छ ।

895 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता